सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको थियो । बुधबार ९ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा बुधबार १४ सय २५ रुपैयाँ कायम भएको छ ।