तीन विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला महानगरले फुटायो (भिडियोसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका तीन विद्यालयमा शैक्षिक संगठनले लगाएको ताला फुटाएको छ ।

महानगरको टोलीले संस्कृत मावि, बृहस्पति विद्यालय, युलेन्स स्कुल (काठमाडौं शाखा) मा ताला लगाइएको ताला महानगरले फुटाएको हो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय स्रोतका अनुसार एक अमुक दलको शैक्षिक सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यी विद्यालयहरुमा ताला लगाएको थियो ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो।’, महानगरका मेयर बालेन्द्र साह (बालेन) ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो। पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।’

मेयरको सचिवालय स्रोतका अनुसार संस्कृत मावि, बृहस्पति विद्यालय, युलेन्स स्कुल काठमाडौं शाखामा ताला अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले लगाएको थियो । महानगरको टोलीले मंगलबार तीनै विद्यालयमा लगाईएको ताला फुटाएर नियमित शैक्षिक क्रियाकलापलाई अघि बढाएको छ ।

हेर्नुहोस भिडीयो


क्लिकमान्डु