फलफूलको फोहोर व्यवस्थापन नगरेको भन्दै महानगरले व्यवसायी संघलाई तिरायो ५० हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले संघलाई आफ्नो क्षेत्रमा व्यवसाय गर्ने क्रममा निस्कासन भएको फोहोरमैलाको उचित व्यवस्थापन नगरेको भन्दै उक्त रकम जरिवाना तिराएको महानगरअन्तर्गतको नगर प्रहरीले जनाएको छ ।

महानगरको प्रहरी बलले काठमाडौं वडा नमबर १४ कुलेश्वरमा रहेको नेपाल फलफूल थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर व्यवस्थापन नगरेको भएकाले उक्त जरिवाना तिराइएको हो ।

महानगरले पछिल्लो समय सडकमा फोहोर गर्ने, निर्माण सामग्रीलाई सडकमा राख्नेलगायतलाई जरिवाना तिराउँदै आएको छ ।

केही दिन अघिमात्र महानगरले रोशन कन्स्ट्रक्सन नामक कम्पनीको गाडीलाई बाटोमा माटो झारेकोमा १५ हजार जरिवाना तिराएको थियो । उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरतर्फको बाटोमा माटो झारेको महानगरले जनाएको छ ।


क्लिकमान्डु