आईपीओ निष्कासन गर्दै थ्रीस्टार हाइड्रोपावर
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निष्कासन गर्ने भएको छ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँको आईपीओको निष्कासन गर्न लागेको छ । जसमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता सेयर निष्कासन गरेको छ ।
यस्तै आयोजना प्रभावित स्थानीयका लागि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीका कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषलाई ३६ हजार ९३८ कित्ता सेयर छुट्याएको छ ।
बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा असार ५ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।