त्रिभुवन विमानस्थल अगाडि गोली चल्यो, एक घाइते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको क्षेत्रमा गोली चलेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर शम्भू मार्गमा गोली चलेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूओषधकारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी)चक्रराज जोशीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको जानकारी दिए ।
प्रहरीको जवाफी कारबाहीमा एक लागूऔषध कारोबारी गोली लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको उनले जनाए ।
उनको साथबाट लागूऔषध बरामद भएको जोशीले जानकारी दिए ।