आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा क्यासब्याक



काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५% बराबर (१ हजार रुपैयाँसम्म) क्यासब्याक पाउन सक्ने भएका छन् ।

वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

“आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


क्लिकमान्डु