वुलिङ एयर इभी किन्दा ६० किमी गुडने इलेक्ट्रिक साइकल उपहार

203
Shares

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ वर्ष पुरानो र ग्राहकको विश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो ।

विश्वका विभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३१ बर्ष देखि बिक्री गर्दै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्डको इलेक्ट्रिक कार बिक्री वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजार २०० र ३०० किमीको रेन्जमा उपलब्ध छ ।

वुलिंग इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपियाँ मा ३०० किमी हिँड्न मिल्ने कार हो । यो कार चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने , वातावरण स्वस्छ हुने हुनाले छ ।

कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाई ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसुङगको व्याट्रि भएको इलेक्ट्रिक साइकल नि:शुल्क उपलब्ध गराउने स्किम लागू गरेको जनाएको छ ।

यो योजना जेष्ठ २३ बाट प्रारम्भ गरेको कम्पनीले जनाएको छ । वुलिंग कार खरिद गर्न चाहेमा वुलिंग इलेक्ट्रिक शोरुम नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा वुलिंग यएर इभी कारलाई चिनिन्छ वुलिंग बहुराष्ट्रिय कम्पनी भएकोले गर्दा अन्तर्रास्ट्रिय बजारमा राम्रो बिक्री गरि बजार हिस्सा ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।

Skip This