सत्तारुढ दलका सांसदले भने: करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशलाई गम्भीरतापूर्वक लिएका छौं



काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको टिप्पणी गरेका छन् ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यसबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिनैपर्ने बताए ।

अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलको क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने उनले बताए ।

‘सञ्चार माध्यामबाट हामीले यो कुराहरु हेरेका छौं । त्यो विषयमा हामी गम्भिर छौं । हाम्रो पार्टी गम्भिर छ । त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ । हिजो माननीयजीहरुले यो कुरा उठाउनुनै भएको छ । अव माननीय अर्थमन्त्रीजीले के जवाफ दिनुहुन्छ । पर्सी उहाँको जवाफ आउँछ । पर्सी अर्थमन्त्रीजीको जवाफ आइहाल्छ । सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढछौं । हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौं, नराम्रो कामलाई नराम्रो भन्छौं’उनले भने ।


क्लिकमान्डु