करको दर हरफेरबारे अर्थमन्त्रीले दिएको जवाफ चित्त नबुझे संसदीय छानबिन गठन गर्नुपर्ने एमालेको माग



काठमाडौं । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिले करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

अर्थमन्त्रीले जवाफ दिँदा चित्त नबुझे संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने धारणा एमालेले अघि सारेको छ ।

अर्थमन्त्रीले रोस्ट्रममा आएर चित्त बुझ्ने गरी जवाफ दिनु पर्ने एमालेको माग छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा भने ‘यो यथार्थ के हो माननीय अर्थमन्त्रीले रोस्ट्रममा आएर चित्त बुझ्ने गरी जवाफ दिनु पर्‍यो । हामीलाई चित्त बुझेन भने संसदीय छानबिन समिति बनाएर यसलाई छानबिन गर्नुपर्छ,’ प्रमुख सचेतक गिरीले भने ।


क्लिकमान्डु