नयाँ मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, भन्यो- असार १० गतेभित्र सुझाव दिनोस्

301
Shares

C

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको छ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत अर्थतन्त्र चलायमान बनाउन बजेटले केहि कुरा सम्बोधन गरेको र बाँकी कुरा मौद्रिक नीतिमार्फत सहजिकरण गर्ने बताउँदै आएका छन्।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासदेखि नै मौद्रिक नीतिलाई केहि लचिलो बनाएको छ। गत वर्ष अर्थतन्त्रको बाह्य अवस्था नकारात्मक रहेको कारण कडा मौद्रिक नीति लिएको केन्द्रिय बैंकले बाह्य क्षेत्रमा सुधार भएपछि आफ्नो नीतिलाई केहि लचक बनाएको छ।

Skip This