टाटा मोटर्सको विद्युतीय गाडीको व्यापार ६६ प्रतिशतले बढ्यो



काठमाडौं । टाटा मोटर्सले उत्पादन गर्दै आएको इभी गाडीको बिक्री ६६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको मे महिनाको बिक्री गरेको तथ्यांक हेर्दा गत वर्षको मेको तुलनामा यो वर्ष ६६ प्रतिशतले बिक्री बढेको हो ।

कम्पनीले मे २०२३ मा सार्वजनिक गरेको तथ्यांकअनुसार यात्रुवाहक सेग्मेन्टको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारी साधनको बिक्री बढेको उल्लेख छ । मे महिनामा कम्पनीले ५ हजार ८०५ युनिट इभी प्यासेन्जर भेहिकल बिक्री गरेको छ । जबकि, गत वर्षको सोही महिनामा कम्पनीले ३ हजार ५०५ युनिट इभी प्यासेन्जर भेहिकल बिक्री गरेको थियो ।

टाटा मोटर्सले मे २०२३ मा ७३ हजार ४४८ युनिट गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको सोही महिनामा ७४ हजार ७५५ युनिट बिक्री गरेको थियो । कम्पनीको विवरणअनुसार गत वर्षको मे महिनामा ४३ हजार ३९२ युनिट प्यासेन्जर भेहिकल बिक्री गरेकोमा यो वर्ष ६ प्रतिशतले बढेर ४५ हजार ९८४ युनिट बिक्री गरेको छ ।

त्यस्तै, टाटा मोटर्सको प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीको बिक्री पनि समावेश गरेको जनाएको छ । त्यसमा व्यावसायिक भेहिकल ट्रकको बिक्री ११ प्रतिशतले बढेर ८ हजार १६० युनिट बिक्री गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ को मे महिनामा कम्पनीले ७ हजार ३ सय ४३ वटा युनिट व्यवसायिक भेहिकल ट्रक बिक्री गरेको थियो ।

अन्य सवारी साधनको बिक्री बढ्दा मध्यम वर्गको व्यापारिक सवारी साधनको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष कम्पनीले ५ हजार ५४० युनिट बिक्री गरेको थियो । यो वर्षको सोही महिनामा ३८ प्रतिशतले घटेर ३ हजार ४५० युनिट मात्रै बिक्री गरेको छ ।

त्यस्तै कम्पनीले सन् २०२२ को मे मा यात्रुवाहकहरुको गाडी ३ हजार ६८२ युनिट बिक्री गरेको थियो । यो वर्ष ७ प्रतिशतले बढेर ३ हजार ८७४ युनिट बिक्री गरेको छ ।

व्यापारिक सवारी साधनको आन्तरिक बिक्री गत वर्षको तुलनामा घटेको छ । कम्पनीले गत वर्षको मे महिनामा ३१ हजार ४१४ युनिट आन्तरिक बजारमा व्यापारिक सवारी साधन बिक्री गरेको थियो । यो वर्ष १२ प्रतिशतले घटेर २७ हजार ५७० युनिट मात्रै बिक्री गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बिक्री भने १ प्रतिशतले बढेर  १ हजार ४१९ युनिट बिक्री भएको छ । सन् मे २०२२ मा व्यावसायिक सवारी साधनको अन्तर्राष्ट्रिय बिक्री १ हजार ४०४ युनिट थियो ।

कम्पनीले मार्चदेखि मेसम्ममा ५० हजार यात्रुवाहक सवारी साधन उत्पादन गरेको छ । कम्पनीले अप्रिल २०२३ मा आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा ६ हजार ५१६ विद्युतीय सवारीसाधन बिक्री गरेका गरेको छ । सन् अप्रिल २०२२ मा कम्पनीले २ हजार ३३३ विद्युतीय सवारीको बिक्री गरेको थियो । यो गत वर्षको तुलनामा १७९ प्रतिशतले बढी हो ।

कम्पनीले विद्युतीय क्षेत्रमा टाटा टिगोर, टाटा नेक्सन इभी म्याक्स,  टाटा नेक्सन इभी र टाटा टियागो ब्रान्डका गाडी उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु