विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकद्वारा ‘बृहत वृक्षारोपण’
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकले ‘बृहत वृक्षारोपण’ गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रुख तथा बोटबिरुवा जर्गेना गर्ने हेतुले बैंकले काठमाडौंको शान्तिनगरमा बृहत वृक्षारोपण गरेको हो ।
द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा बैंकले २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वस्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरमा सहयोग गर्दै आएको छ ।
सिटिजन्स बैंकले देशैभरिका १८३ शाखा, ३ विस्तारित काउन्टर, १४० एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ७२ हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।