एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबीच छुट सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा उपचार लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरेका बैंकका ग्राहकले यो सुविधा पाउनेछन् ।

सम्झौताअनुसार स्पेसल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेसन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुनेछ ।

डिजिटल च्यानलबाट हुने कारोबारलाई बढावा दिँदै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्‍याउन अस्पतालसँग सहकार्य गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु