नुवाकोटको फाँटपौवामा गरिमा विकास बैंकको नि:शुल्क स्वास्थ्य शिविर



काठमाडौं । गरिमा विकास बैंकले नुवाकोटको फाँटपौवामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टसँगको सहकार्यमा बैंकले शनिबार बेलकोटगढीको फाँटापौवामा निःशुल्क स्वस्थ्य शिविर गरेको हो ।

स्वास्थ्य शिविरमा ॐ हस्पिटलका स्वास्थ्यकर्मीले सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोगलगायतका रोगको परीक्षण एवं भिडियो एक्स-रे, ईसीजीलगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा करिब ७ सय जनाको निःशुल्क स्वस्थ्य परीक्षण भएको बैंकले जनाएको छ ।

कार्यक्रममा गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बृहत नि:शुल्क स्वास्थ्य शिविरबाट धेरै मानिस लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय र ५० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु