विद्युतीय गाडीमा व्यवसायीले धेरै नाफा खाए, अब घटाउनुपर्छः अर्थमन्त्री



काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले संसद् विकस कोष देशको सबै ठाउँमा विकास पुगोस् भनेर ल्याएको बताए । उनले यो रकम पहिलाजस्तो खेर नजाने प्रष्ट पारे । यो रकम ठेक्का बाट नै खर्च हुने उनको भनाइ छ ।

पहिलाजस्तो आफैं समिति, उपभोक्ता समिति बनाएर पैसा नबाँड्ने र सांसदले सिफारिस मात्रै गर्ने बताए ।

‘सांसदले सिफारिस मात्रै गर्छन्, सांसदले त्यो क्षेत्रमा कहाँ आवश्यक छ भनेर पहिचान गर्ने र त्यो रकम सम्बन्धित मन्त्रालयले ठेक्का लगाएरमात्रै खर्च हुन्छ,’ मन्त्री महतले भने, ‘यो बिषयमा अनावश्यक चर्चा नगरिदिनुहुन अनुरोध गर्छु ।’

बिद्युतीय सवारीसाधनमा बजेटले धेरै सहुलित दिएको उनले दाबी गरे । उनले बिद्युतीय सवारीमा कर नबढाएको दाबी गरे । उनलेउपभोक्तासँग ब्यबसायीले धेरै मार्जिन राखेको भन्दै त्यो घटाउन आग्रह गरे ।

सरकारले पुजिगत खर्च गर्न बुँदागत रुपमा योजना तयार पारेको बताए ।

ठेक्काको भुक्तानी सरकारले दिँदैजाने उनको भनाइ छ । निर्माण व्यबसायीले चिन्ता लिनु नपर्ने भन्दै काम गरेको भुक्तानी नदिने भन्न नमिल्ने बताए ।

सरकारले ल्याएको बजेट कुनै उद्योगी ब्यवसायीको प्रभावमा नपरी बनाएको बताए । त्यस्तो कसैले प्रमाणित गर्न खोजे आफू छोडेर जाने बताए।

आवश्यकता अनुसार मौद्रिक नीति, वित्तीय नीति संशोधन हुने बताए । मन्त्री महतले कहाँ कस्तो प्रभाव पर्ने हेरेर केही बिषय भ्याटको सुचिमा थपेको बताए ।

‘सेयर बजारलाई निरुत्साहित गर्ने, अप्ठ्यारो बनाउने कुनै पनि नीति छैन,’ उनले भने ।

सरकारले नीतिगतरुपमा गरेको सुधारका कारण राजस्व लक्ष हासिल गर्ने बताए । लक्ष्य अनुसार असार मसान्तसम्म उठाउने प्रत्यन गर्ने तर उठेन भने अर्को बर्ष उठाउने बताए ।

अहिलेको अवस्था हेर्दा बजेट ठुलो हो कि भन्ने लागेको भए पनि कमला माई, मरिन डाईभर्सन लगायत आयोजनामा खर्च हुने भएकोले यति बजेट आवश्यक उनको भनाइ थियो ।


क्लिकमान्डु