बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव आएपछि पूर्वमन्त्री शेरबहादुर तामाङ प्रसन्न



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतबाट संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।’


क्लिकमान्डु