मार्भेल ब्रान्डको पाइप बेच्ने मार्भेल टोक्नोप्लास्टले ३ महिनामा गर्‍यो ७५ करोड रुपैयाँको व्यापार



काठमाडौं । मार्भेल ब्रान्डको पाइप उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको मार्भेल टेक्नोप्लास्ट प्रालिले ३ महिनामा ७५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ७५ करोड ३२ लाख ९अपरिष्कृत० रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ४ करोड २२ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ९ करोड ९८ लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २६ करोड १५ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा आर्थिक मन्दीका कारण उत्पादन सामग्रीको माग कम हुँदा व्यापार घटेको उल्लेख छ । सन् २०११ मा स्थापना भएको कम्पनीले पाइप तथा पाइप फीटिङ (पीभीसी/सीपीभीसी/एचडीकपीई) उत्पादन गर्दै आएको छ । उक्त पाइपहरु प्लम्बिङ, कृषि, डे«नेज, बोरवेयल, विद्युतीय कन्ड्यूट्स र अन्य विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

लुब्रिजोल भारतसँग सम्झौता गरी कम्पनीले नेपाली बजारमा पाइप र पाइप फिटिङ सामग्री बेच्दै आएको छ । आशा अग्रवालको ५८ प्रतिशत र ४० प्रतिशत हिस्सा सन्दिपकुमार सन्चेटी रहेको कम्पनीले ९० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६५ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु