निर्माण सामग्रीको व्यापार गर्ने विशेष एण्ड कम्पनीले एकै वर्ष गर्‍यो ७ अर्बको कारोबार



काठमाडौं । विभिन्न प्रकारका निर्माण सामग्रीको व्यापार गर्ने विशेष एण्ड कम्पनीले एकै वर्ष ७ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा १६३.६५ प्रतिशतले बढेको छ ।

चितवन जिल्लाको चौविस कोठीमा दर्ता भएको कम्पनीले नेपालमा निर्माण सामग्री स्टिल, सिमेन्ट र हार्डवेयर सामग्री बजारको मागअनुसार बिक्री वितरण गर्दै आएको छ।

कम्पनीले उद्योगीहरुसँग सामग्री खरिद गरेर ग्राहकलाई बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु