सागर फिडले एकै वर्ष गर्‍यो डेढ अर्बको कारोबार



काठमाडौं । दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको सागर फिड प्रालिले एकै वर्ष डढ अर्बको कारोबार गरेको छ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ३ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ९२ करोड १० लाख रुपैयाँ। सन् २०१९ मा १ अर्ब ३ करोड रुपैयाँ र सन् २०१८ मा ८३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा १२.९५ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनील सन् २०२३ को ६ महिनाको अवधिमा सबैभन्दा बढी कुखुराको दानाबाट भएको उल्लेख छ। जसमा ७३ देखि ८७ प्रतिशत हिस्सा कुखुराको दानाको रहेको छ भने ९ देखि २२ प्रतिशत हिस्सा बंगुरको दानाबाट भएको उल्लेख छ ।

सन् २००९ मा स्थापना भएको कम्पनीले वार्षिक ६३ हजार मेट्रिक टन कुखुराको दाना, गाइवस्तुको दाना, बंगुरको दाना र माछाको दाना उत्पादन गर्दै आएको छ ।

ज्ञानेन्द्र पराजुलीको ३० प्रतिशत, शिवप्रसाद चौलागाईंको ३० प्रतिशत, लक्ष्मी मुगाईंको ३५ प्रतिशत र शारदा शर्मा चौलागाईंको ५ प्रतिशत रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४९ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु