प्रभु हेलिकप्टरले एक वर्षमा गर्‍यो २२ करोड ८० लाखको व्यापार



काठमाडौं । प्रभु ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित प्रभु हेलिकप्टर प्रालिले एकै वर्ष २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्सको नाममा दर्ता भएको कम्पनी सन् २०२२ को १४ जुलाईमा प्रभु हेलिक्प्टर लिमिटेड बनेको थियो ।

कम्पनीले विशेषगरी हिमाली क्षेत्र अर्थात् हिमाल हेर्न चाहने ग्राहक, साइटसिइङ र मेडिभेक एक्स्ट्रक्सन सेवा क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

देवीप्रकाश भट्टचन अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड ९६ लाख रुपैयाँ अर्थात् सिंगल बी र अल्पकालीन कर्जाका लागि ११ करोड ३ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीको सन् २०२३ मा व्यापारमा सुधार आएको जनाएको छ । कम्पनीअनुसार सन् २०२१ मा कोभिडले गर्दा आम्दानी खस्किएको थियो । तर, सन् २०२२ मा ब्यापार रिबाउन्स हुँदै गएको कम्पनीको भनाइ छ ।

सन् २०२१ मा १२ करोड आम्दानी गर्दा घाटा व्यहोरेको कम्पनीले सन् २०२२ मा पर्यटक बढ्दा नाफामा केही सुधार आएको जनाएको छ ।


क्लिकमान्डु