पशुपति क्षेत्रका पसल सञ्चालकहरुलाई तीन दिन भित्र बक्याैता तिर्न ताकेता



काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका विभिन्न क्षेत्रमा पसल सञ्चालन गरिरहेका सञ्चालकहरूलाई आगामी तीन दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । 

कोषले सूचना प्रकाशित गर्दै आफ्नो स्वामित्व वा मातहतमा रहेको भण्डारखाल, अमालकोट कचहरी र  लामपोखरी चाबहिलस्थित पसल कवलहरु (सटर) , सुमार्गी भवन र सुमार्गी भवन अगाडिका पसल कवलहरु, सोभिनयर पसल कवलहरु, भण्डारखाल पार्किङ, उमाकुण्ड पार्किङ, वनकालीस्थित ‘बि ११’ मा रहेको पार्किङ र कोषबाट सम्झौता गरी भाडामा लगाइएका अन्य बाँकी पसल कवल सञ्चालकहरूलाई बाँकी बक्यौता तीन दिनभित्र तिर्न जनाएको छ ।

कोषले यसअघि नै गत वर्ष फाल्गुन २४ र गत वैशाख ७ गते पनि नै सूचना प्रकाशित गर्दै बक्यौता रकम तिर्न सूचित गराएकाले आगामी तीन दिनभित्र बाँकी बक्यौता तिर्न निर्देशन दिएको छ । 

तोकिएको समयमा बक्यौता रकम नतिरेमा पसलका सटर तथा पार्किङ सञ्चालकहरूलाई कालोसूचीमा राख्ने र सम्बन्धितको चल अचल सम्पत्ति पनि जफत गरेर कानुनी कारबाही गरिने कोषले जनाएको छ । 


क्लिकमान्डु