नक्कली शरणार्थी प्रकरणमा सरकार दबाब र अवाञ्छित प्रभावमा पर्दैन: गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको उनले बताए ।

यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।
कुनै पनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताए ।


क्लिकमान्डु