ओम्नी ग्रुपको ओबीसीआई कम्पनीको व्यापार ३१ प्रतिशतले घट्यो



काठमाडौं । ओम्नी ग्रुपको ओबीसीआई कम्पनीको व्यापार ३१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ३१ प्रतिशतले घटेको हो ।

सन् २०२१ मा ३० करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा भने २१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । ओबीसीआईले सन् २०२० मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००६ मा स्थापना भएको कम्पनीले सूचना प्रविधि सम्बन्धि सेवा दिँदै आएको छ । कम्पनीले सूचना प्रविधिक क्षेत्रको व्यापार जस्तै जेनेरेटर, यूपीएस, ब्याट्री र मेडिकल समग्रीको व्यापार गर्दै आएको छ । कम्पनीले विभिन्न ५ वटा ब्रान्डमा सामग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा २३.२७ प्रतिशतले नाफा कमाएको छ । तुलबहादुर सिंह हरी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६० करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीअनुसार दीर्घकालीन कर्जाका लागि १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५९ करोड ८९ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु