सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु