प्रेस काउन्सिल नेपालमा १२ जनालाई रोजगारीको अवसर



काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा १२ जनालाई रोजगारीको अवसर खुलाएको छ ।

काउन्सिसलले प्रशासनतर्फ अधिकृत पदमा २ जना खुला र एक जना महिला, लेखातर्फ अधिकृत पदमा महिलातर्फ १ जना, सहायक स्तर पाचौंमा प्रशासनतर्फ खुल्लाबाट २ जना, महिलाबाट १ जना, आदिवासी जनजातीबाट १ जना, सहायकस्तर चौथोंमा खुल्लातर्फ २ जना, महिलातर्फ १ र आदिवासी जनजातीतर्फ १ जनालाई प्रतियोगितात्मक लिखित परिक्षाबाट छान्ने गरि विज्ञापन खुलाएको हो ।

जेठ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।
त्यस्तै, काउन्सिलले कार्यक्षमता मूल्यांकन आधारमा सह प्रशासकिय अधिकृत एक जना, उप प्रशासकिय अधिकृत २ जना र अधिकृत १ जनाको बढुवासम्बन्धि पनि सूचना निकालेको छ ।


क्लिकमान्डु