बढ्दै पर्यटक आगमन, चार महिनामा सवा ३ लाख भित्रिए



काठमाडौं । कोभिड-१९ ले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ ।

सन् २०२२ को जनवरीदेखि अप्रिलसम्ममा १ लाख ४० हजार ३३६ पर्यटक भित्रिएकोमा २०२३ को चार महिनामा ३ लाख २६ हजार ५२८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

समीक्षा अवधिमा पर्यटक आगमन १३२ प्रतिशतले बढेको हो । कोभिड महामारीका कारण पर्यटक आगमन घटेको हो ।

कोभिडअघि सन् २०१९ को चार महिनामा ४ लाख २० हजार ४४६ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

कोभिडअघि सन् २०१९ मा ११ लाख ९७ हजार, सन् २०२० मा २ लाख ३० हजार, २१ मा १ लाख ४९ हजार र २२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

सन् २०२३ को जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार, मार्चमा ९९ हजार र अप्रिलमा ९८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


क्लिकमान्डु