नायक श्रीदेव र अनुको ‘समयले जुरायो’ सार्वजनिक



काठमाडौं । नायक श्रीदेव भट्टराई र अनुको ‘समयले जुरायो’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युट्युब च्यानलले ‘समयले जुरायो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रहेको गीतमा सरोज कोइरालाले संगीत दिएका छन् । शिव परियार र मीना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् ।

नायक भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतको भिडियो सम्पादन नवीन निरौलाले गरेका छन् ।

अनुशासित अवार्ड विजेता नायक भट्टराईले देश तथा विदेशका प्रतिष्ठित अवार्ड हात पारिसकेका छन् । उनले चर्चित गायक-गायिकाको थुप्रै लोकप्रिय गीतको भिडियो तथा चलचित्रमा अभिनय गरेका छन् । भट्टराईका केही चलचित्र प्रदर्शनको तयारीमा पनि छन् ।


क्लिकमान्डु