पूर्वअर्थमन्त्री पौडेलको प्रश्नः ६.५% पुगेको आर्थिक वृद्धि कसरी १.८६% मा झर्‍यो ? नेपाल असफल राष्ट्र हुन लाग्यो



काठमाडौं । पूर्वअर्थमन्त्री बिष्णु पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धि अहिले कसरी १.८६ प्रतिशतमा झर्यो भन्दै प्रश्न गरेका छन् । सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हुने भनेपनि केन्द्रीय तथ्याङक कार्यालयका अनुसार यो वर्ष १.८६ प्रतिशत आर्थिक वृद्धि हुने भनेको र चालु आवको अन्त्यसम्म त्यो पनि पुरा नहुने हो की भन्र्दै आशंका व्यक्ति गरे ।

‘२०७४ अघि औषतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ देखि २०७६ सम्म ३ आर्थिक वर्षमा औषतमा ६.५ प्रतिशत हाराहारीमा रहेको थियो’ पौडेलले भने ‘त्यो अंक ७, ८ प्रतिशत हुँदै डलब डिजीटमा पुग्नुपर्नेमा अहिले १.८६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको छ । यो प्रक्षेपण मात्रै हो । पु्रा नहुन पनि सक्छ । देशलाई यो अवस्थामा कसले पुग्यो ? त्यसका लागि जिम्मेवारी लिने कसले हो ?’

पौडेलले देश आर्थिक मन्दी, आर्थिक संकट हुँदै फेलियर कन्ट्रीतर्फ जान लागेको दाबी गरे । उनले विनियोजन विद्येयकको सिद्दान्त र छलफलमा आर्थिक मन्दीलाई छोप्न खोजिएको समेत आरोप लगाए ।

अहिले सरकारले लक्ष्यको ५० प्रतिशतमात्रै राजस्व परिचालन गर्नु निकै लाजमर्दो विषय भएको बताए । गत वर्षको यही समयमा अहिले संकलन भएको राजस्व १३ प्रतिशतले कम भएको धारणा राखे । राजस्व परिचालन निकै लाजमर्दो रहेको उनको दाबी छ । गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सिमित भएको उल्लेख गरे । अहिले खर्च गतको तुलनामा १९ प्रतिशतले बढी छ, आय १३ प्रतिशतले कम भन्दै यो बीचको अन्तर कसरी भयो भन्दै प्रश्न गरे ।

‘५४ प्रतिशत मात्रै वैदेशिक ऋण पाएका छौं’ उनले भने ‘अनुदानको कुरै छोडौं । अर्थतन्त्रले इतिहासमा नभएको पीडा खेपेको छ । निजी क्षेत्र कसरी सावा ब्याज भुक्तानी गर्ने भनेर तडपिएको छ ।’

सहकारी र लघुवित्तले अर्थतन्त्रमा चुनौती खडा गरेको, मिटरब्याजीले समस्या सृजना गरेको उनको तर्क छ ।

कर प्रशासनमा देखिएको समस्या समाधान हुनेगरी सरकारको सिद्दान्त र प्राथमिकता आउनुपर्ने उनको तर्क छ । अहिले उद्योग धन्दा बन्द हुँदैछन् । हरेक तेस्रो पसलमा एउटा बन्दछ । उद्योगीले औद्योगिक क्षेत्र मागेका छन् । त्यसमा सरकारले ध्यान दिनुपर्दैन ? भन्दै प्रश्न गरे ।


क्लिकमान्डु