बागेश्वरी सुगर तथा केमिकल इन्डष्ट्रिले एकै वर्ष गर्‍यो १ अर्ब २९ करोडको व्यापार



काठमाडौं । बागेश्वरी सुगर तथा केमिकल इन्डष्ट्रिज प्रालिले एकै वर्ष १ अर्ब २९ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा सँवा १ अर्ब २९ करोडको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ९६ करोड ८ लाख रुपैयाँ, आव २०२० मा १ अर्ब ४ करोड ८३ लाख रुपैयाँ र आव २०१९ मा ९६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले सन् २०१६ मा व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले किसानले उत्पादन गरेको उखु खरिद गरी दैनिक २५ सय टन उखु प्रशोधन गर्दै आएको छ ।

बोगटी परिवारद्वारा सञ्चालित कम्पनीमा लाल बोगटी र उनका तीन जना छोराको स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९३ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार हरेक वर्ष २० प्रतिशतले बढ्दै गएको छ । दुईवटा मिल रहेको कम्पनीले सन् २०२२ मा प्रतिटन १८ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा प्रतिटन १४ हजार रुपैयाँ र सन् २०२० मा प्रतिटन १६ हजार रुपैयाँ नाफा कमाएको थियो । कारोबारमा वृद्धि हुँदा २३ प्रतिशत नाफा कमाएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु