इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित



काठमाडौं । सरकारले इम्बोस्ड सवारी नम्बर प्लेट नेपाली वा अंग्रेजी वा दुवै मिश्रित लिपिमा हुनुपर्ने व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी इम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अंक देवनागरी लिपि वा अंग्रेजी लिपि वा दुवै लिपि मिश्रितमा हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि सरकारले इम्बोस्ड नम्बर प्लेटका अक्षर र अंक अंग्रेजी भाषामा हुनुपर्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, सरकारले स्टिल क्लास ४.८ को गोलो टाउको भएको अन-हार्डेन्ड, मेसिन वान वे स्क्रु एउटा सवारी साधनको लागि ८ वटासम्म हुनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले यसअघि स्टिल क्लास ४.८ को गोलो टाउको भएको अन-हार्डेन्ड, मेसिन वान वे स्क्रु एउटा सवारी साधनको लागि चारवटा हुनुपर्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु