सत्तारुढ गठबन्धन दलको बैठक सुरु, रास्वपालाई सरकारमा सहभागी गराउनेबारे छलफल

175
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ‍ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ ।

बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ ।