घरजग्गा र सुमेरु ग्रुपका कम्पनीमा लगानी गरेको सुमेरु सहकारीले भन्यो- सञ्चालक भागेका छैनन्



काठमाडौं । बचतकर्ताबाट संकलन गरेको पैसा सुमेरु ग्रुप भित्रका विभिन्न कम्पनीमा लगानी गरेको सुमेरु बचत तथा ऋण सहकारीले संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको भएपनि सञ्चालन नभागेको जनाएको छ ।

सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक विदेश पलायन हुने चर्चा भएको भन्दै त्यो चर्चा गलत भएको संस्थाले जनाएको छ । संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको संस्थाले जनाएको छ । यस बीचमा संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनको नाम जोडेर निक्षेपकर्ताको निक्षेप जोखीममा र संचालक भाग्दै भन्ने विषय चर्चामा आएको भन्दै त्यसमा सत्यता नभएको र सञ्चालन नभागेको जनाएको छ ।

‘आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न संस्थाले अत्यन्त महत्वपूर्ण र कठोर निर्णय गरेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

बचतकर्ताहरुको बचत सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको सञ्चालकबाट कदापी नहुने संस्थाले जनाएको छ ।

संस्थाले निक्षेपकर्ता एवं सेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न संस्थाबाट प्रवाह भएको ऋणको असुली सुमेरु ग्रुप भित्र रहेको विभिन्न कम्पनीको सेयर एंव जग्गामा सेयर वितरण गर्ने एंव कम्पनीको नाममा रहेको घर जग्गा बिक्री वितरण गरी यथाशिघ्र छिटो निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको हुदाँ सो समय सीमासम्म सेयर सदस्यहरुलाई धैर्य धारण गरिदिन संस्थाले अपिल गरेको छ ।

संस्थाका सञ्चालक भाग्ने कार्य नहुने दाबी गरेको छ । संस्थालाई विश्व परिवेश र नेपालमा निम्तिएको आर्थिक मन्दी र बजारमा देखा परेको तरलताको अभावले प्रत्यक्ष प्रभाव परेको संस्थाले जनाएको छ ।

‘आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असर यस संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएका कारणले संस्थाले निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको प्रति क्षमाप्रार्थी छौ’ संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु