३३ निर्माण व्यवसायीको लाईसेन्स खारेज (सूचीसहित)
काठमाडौं । सरकारले एकै दिन ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति लिएका र समयमा नै नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरेको जनाएको छ ।
सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम इजाजतपत्र खारेज गरेको जनाएको छ ।