आर्थिक अवस्था सुधार गर्न बाँदर निर्यात गरौं: सांसद धनराज गुरुङ



काठमाडौं । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले आर्थिक अवस्थामा सुधार ल्याउन बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘गाँउ गाउँमा बादर आतंक मच्चिएको छ, बाँदर आतंक फैलिएको छ । हामी भन्दैछौं खेत बारी बाझो राख्नु हुँदैन, कृषिमा यन्त्रिकीकरण गरौ, वैज्ञानिकीकरण गरौ भनेर एकातिर भनिरहेका छौं, उनले भने ‘अर्कोतर्फ लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ ।’

उनले नेपालले पनि बाँदर निर्यात गर्न प्रस्ताव गरे । ‘यसो भन्दै गर्दा कतै इको सिस्टमको कुरा उठाएर डलरवादीहरु चिच्याउने हुन की भन्ने मलाई आंशका छ’ उनले भने ‘तै पनि हामीले बाँदर आतंक अन्त्य गर्नुपर्ने छ । अहिलेको आर्थिंक अवस्थालाई हेरेर बाँदर निर्यात गर्ने निर्णय गर्दा ठिकै हुन्छ जस्तो मलाई लाग्छ ।’ अहिले महासंकट भएको भन्दै यसमा सत्ता र प्रतिपक्ष हुन नहुने उनको भनाइ छ । श्रीलंकाले हालसालै १ लाख बाँदर निर्यात गर्ने निर्णय गरेको स्मरण गराए ।


क्लिकमान्डु