नशारहित समाज नेपाललाई हिमालयन बैंकको आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुरस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि रुपैयाँ ५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

देशका कतिपय युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ । यति मात्र नभइ यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ ।

यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएको छ ।

हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तानतरण गरेका थिए ।


क्लिकमान्डु