चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा



चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार अपराह्न ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ ।

प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति चन्द्रागिरि हिल्सले क्षमा मागेको छ । ्


क्लिकमान्डु