बारामा बुथ क्याप्चर, जसपा जिल्ला समन्वय समितिका सदस्य यादव पक्राउ



काठमाडौं । । बारा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा जनता समाजवादी पार्टी (जसपा)ले बुथ क्याप्चर गरेको छन् ।

जनमत पार्टीका नेता बिपी शाहका अनुसार बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा जसपाका कार्यकर्ताले कब्जा गरी बाहिरबाटै मतपत्र ल्याएर मत गरेका छन् ।

मतदान गर्ने क्रममा जसपाका नेता एव जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुग्दा पक्राउ परेका छन् ।

अन्य ४,५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको जनमत पार्टीको आरोप छ ।


क्लिकमान्डु