‘आइएमई पे’ बाट बीमा पोलीसी नवीकरण गर्न सकिने, १००% क्यासब्याक जित्ने मौका
काठमाडौं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।
आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नवीकरण गर्न सक्ने छन् । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न मिल्छ ।
लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्सुरेन्स पोलिसीहरुको नवीकरण गर्ने सुबिधा उपलब्ध गराइएको हो ।
साथै नव वर्ष २०८० को उपलक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पाउने कम्पनीले जनाएको छ ।