नौ महिनामा १० खर्ब ८३ अर्ब व्यापार घाटा, वैदेशिक व्यापारमा १९ प्रतिशत कमी



काठमाडौं । चालू आवको ९ महिनामा नेपालले १० खबै ८३ अर्ब व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले १२ खर्ब १ अर्ब रुपैयाँको सामान आयात गर्दा १ खर्ब १८ अर्बको मात्र निर्यात गरेको हो ।

व्यापार घाटा गत वर्षको ९ महिनाको भन्दा १७ प्रतिशत कम हो । गत वर्षको ९ महिनामा १३ खर्ब ६ अर्बबराबरको व्यापार घाटा भएको थियो ।

कुल वैदेशिक व्यापारमा पनि गत वर्षभन्दा १८.८९ प्रतिशतले कमी आएको छ । गत वर्ष ९ महिनामा नेपालले १६ खर्ब २७ अर्बको वैदेशिक व्यापार गरेकोमा चालू आवको सोही अवधिमा १३ खर्ब १९ अर्बको व्यापार गरेको छ ।

समीक्षा अवधिमा आयात गत वर्षको १८ प्रतिशतले घटेको छ भने निर्यात २८.३४ प्रतिशतले घटेको छ । गत वर्ष ९ महिनामा १४ खर्ब ६६ अर्बको आयात र १ खर्ब ६० अर्बको निर्यात गरेको नेपालले यो वर्ष सोही अवधिमा १२ खर्ब १ अर्बको आयात गर्दा १ खर्ब १८ अर्बको निर्यात गरेको छ ।

कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.०४ प्रतिशत छ भने निर्यात हिस्सा ८.९६ प्रतिशत छ । गत वर्ष आयात हिस्सा ९.८७ र ९०.१३ प्रतिशत थियो । यसले गत वर्षभन्दा आयात बढेको र निर्यात घटेको देखाउँछ ।


क्लिकमान्डु