लुक्ला आउटडोरमा वैद्य अर्गनाइजेसनले लगानी गर्ने



काठमाडौं । लुक्ला आटडोरमा वैद्य अर्गनाइजेनश अफ इन्डष्ट्रि एण्ड ट्रेडिङ हाउसले लगानी गर्ने भएको छ । विशेषगरी पर्यटनहरुका लागि र हिमाली क्षेत्रमा लगाउने कपडा जस्तैः डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आटउटडोरमा वैद्य अर्गनाइजेशनले लगानी गर्ने भएको हो ।

कम्पनीले अर्गनाइजेशनसँग सहकार्य गरिसकेको छ । नेपालमा ५५ वर्षदेखि विभिन्न क्षेत्रमा कारोबार गर्दै आएको अर्गनाइजेशनको सहकार्यपछि लुक्ला आउटडोरको उत्पादन झनै वृहत हुने अपेक्षा गरेको छ ।

सहकार्यसँगै कम्पनीको कपडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कपडाको ब्रान्डिङ हुने अपेक्षा गरेको छ । विशेषगरी ट्रेकिङ, पर्वतारोहण र आउटडोर एडेभन्चर क्षेत्रमा विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको कम्पनीले अझै बजारलाई वृहत बनाउने योजना बनाएको छ ।

साथै, कम्पनीले आगामी दिनमा झनै व्यापारलाई परिमार्जन गरी ग्राहकहरुको आवश्यकताअनुसार उत्पादन गर्ने जनाएको छ । सन् २०१९ मा चार जना महिलाले सुरु गरेको आउटडोरमा ट्रेकिङ, माउन्टेनरिङ, हाइकिङका लागि चाहिने कपडाहरु उपलब्ध छन् ।


क्लिकमान्डु