राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आज बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत थप उपचारका लागि भारत लागिएको हो ।

पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

पौडेलको बायाँ छातीको तल्लो भागबाट असर देखिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि निवास लगिएको थियो ।

तर, फेरि स्वास्थ्य अवस्था असहज भएपछि पौडेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको हो ।


क्लिकमान्डु