पूर्व अर्थसचिव शंकर अधिकारीको नेतृत्वमा संस्थान सुधार सुझाव समिति गठन



काठमाडौं । मन्त्रिपरिषदको बैठकले पूर्व अर्थसचिव शंकर अधिकारीको नेतृत्वमा संस्थान सुधार सुझाव समिति गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीको नेतृत्वमा सार्वजनिक संस्थान सुधारका लागि सरकारले गर्नु पर्ने कामका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

समितिमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक तथा लगानी प्रबर्द्धन महाशाखा प्रमुख चन्द्रकला पौडेल पदेन सदस्य छन् ।

समितिलाई तीन महिनाको समय दिइएको छ । तीन महिनाभित्र संस्था सुधारका विषयमा सुझाव दिने जिम्मेवारी दिईएको छ।

सरकारले सार्वजनिक संस्थान सुधार गर्ने गरि एशियाली विकास बैंकसँग लिएको नीतिमा आधारित कर्जाको सर्त अनुसार सुझाव समिती गठन गरेको छ ।

एशियाली विकास बैंकसँग मन्त्रालयले कर्जा लिँदा संस्थान सुधारका विषयमा उच्चस्तरीय समिती बनाएर सुझाव लिने प्रतिबद्धता जनाएको थियो ।


क्लिकमान्डु