महासंघ कोषाध्यक्षमा सहमतिको प्रयास असफल, आजै निर्वाचन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सहमति जुट्न नसकेपछि आजै निर्वाचन हुने भएको छ ।

कोषाध्यक्षमा उम्मेदवारी दिएका गोपाल खनाल र सन्दीप गाडिया अग्रवाल पछि हटे पनि प्रबलजंग पाण्डे र निरक केसी दुवैले अडान नछाडेपछि सहमति नजुटेको हो ।

पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन छ भने केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ । कोषाध्यक्षका लागि हिजोदेखिको प्रयास असफल भएपछि आजै निर्वाचन हुने भएको हो ।

केसी यसअघि निर्विरोध कोषाध्यक्ष बनेका थिए ।


क्लिकमान्डु