मुक्तिनाथ विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटेलमा १०% छुट पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि” अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा मा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।