महासंघ कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी, सहमतिको प्रयास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । प्रबलजंग पाण्डे, निरक केसी, गोपाल खनाल र सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन् ।

चार जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुने सम्भावना बढेको छ । कोषाध्यक्षका लागि निर्वाचन गराउनुभन्दा पनि सहमतिमै चयन गर्नुपर्ने पक्षमा महासंघ नेतृत्व छ ।

भोलि बिहानसम्म ४ जना मध्येबाट एक जना कोषाध्यक्ष चयन गर्ने महासंघ नेतृत्वको तयारी छ । तर, सोमबार बिहान ९ बजेसम्म सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन नभएको खण्डमा निर्वाचन हुने महासंघका एक सदस्यले बताए । अहिले सर्वसम्मतिको प्रयास भइरहेको छ ।

महासंघका ५ वटा फोरम, ९ वटा समिति छन् । आइतबारको बैठकमा ती फोरम र समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ । छलफलले पूर्णता भने पाएको छैन ।


क्लिकमान्डु