मौलाकाली केबलकार सञ्चालन, ५ मिनटमै मन्दिर पुग्न सकिने



गैँडाकोट । नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ ।

नयाँवर्षको अवसर पारेर आजदेखि उक्त सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

आज बिहान बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका– ६ निवासी सय वर्षीय बृद्धा सरस्वती कडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरे ।

केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि २७५ को टिकट दर तोकेको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ ।


क्लिकमान्डु