महासंघको चुनावलाई थप फोहोर नबनाउन अन्जनलाई समर्थन गरें: उमेशलाल श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गरेका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन आफू दोस्रो चरणमा नजाने निर्णयमा पुगेको बताएका छन् ।

अन्जनलाई समर्थन गरेसँगै सर्वसम्मत वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि आयोजना पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको निर्वाचनमा आफू ५/६ करोड खर्च गर्न सक्ने अवस्थामा भए पनि चुनावलाई फोहरी नबनाउन आफूले अन्जनलाई साथ दिएको उनले बताए ।

आफू पछिल्लो ६ महिना अन्जन श्रेष्ठसँग लडेको भए पनि अहिले उनलाई साथ दिएको उनले बताए ।

‘अन्जन युवा छन काम गर्न सक्छन्’ उनले भने, ‘महासंघको चुनाव थप फोहोर नहोस् भनेर छाडेको हो । नत्र म ५/६ करोड खर्च गर्न सक्थें । अन्जनले पनि सक्थे । तर, त्यो हुन नदिनका लागि मैले छाडें ।’

महासंघको विधान संशोधन मात्र नभइ पुनर्लेखन गर्न आवश्यक रहेको उनले बताए ।

आफू बाँचुन्जेल महासंघमा नै रहने उनको भनाइ छ । महासंघको नेयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउनु पर्ने उनले बताए ।

‘वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउँ । एउटा एकातिर र अर्को अर्कातिर फर्किने अवस्था बन्न हुँदैन ।’

उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नु पर्ने बताए । एकै दिनको बैठकमा एसोसिएट ५११ र बस्तुगत १२ वटा सदस्य वितरण गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘यो त नेपाली समुदायमा दही र चिउरा बाँडे जस्तो भयोो । सदस्यलाई दही चिउरा जस्तो नबनाउँ ।’


क्लिकमान्डु