एयरपोर्टमा ब्यागेज फुटाउने क्रम नरोकिएपछि नेपाल एयरलाइन्सको उपाय: कर्मचारीलाई गोजीरहित पोशाक



काठमाडौं । विमास्थलमा ब्यागेज ओसारपसारमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई गोजीरहित पोशाक दिन थालिएको छ ।

नेपाल एयरलाइन्सले यात्रुहरुको चेक्ड ब्यागेज (लगेज) फुटेको पाइएको गुनासोलाई प्राथमिकतामा राखि ब्यागेज ह्याण्ड्लिङ सेवा सुधारका लागि ६ वटा व्यवस्था गरेको जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सका अनुसार ब्यागेज ओसारपसार गर्ने ट्रलिहरुमा बार तथा चेन लगाइएको छ । वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलिमा छाना लगाइएको छ भने एयरपोर्टमा कार्यरत कर्मचारीहरुको लागि गोजीरहित पोसाकको व्यवस्था गरिएको छ ।

ब्यागेज सुरक्षा सम्बन्धी कर्मचारीहरु खटाइएको र ब्यागेज सम्वन्धी गुनासो सुनुवाइका लागि एयरपोर्टमा व्यागेज ह्यान्डलिय युनिटलाई २४ घण्टा क्रियाशिल गराइने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त सीसीटीभी र सुरक्षा निकायको निगरानी समेत रहने नेपाल एयरलाइन्सको भनाइ छ ।

सेवा सुधारको लागि निगम निरन्तर क्रियाशिल रही गुनासोहरु शून्यमा झार्ने प्रयास सदैव रहेको भन्दै एयरलाइन्सले यस्ता घटना यदाकदा भएमा अन्तराष्ट्रिय नियमअनुसार उचित क्षतिपूर्ति दिने जनाएको छ ।


क्लिकमान्डु