नयाँ वर्षको अबसरमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% छुट



काठमाडौं । विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसंग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ । साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।


क्लिकमान्डु