एफएनसीसीआई निर्वाचन: वरिष्ठ उपाध्यक्षको दौडबाट संघई बाहिरिए, दोस्रो चरणमा अन्जन र उमेशबीच प्रतिस्पर्धा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

अन्तिम मतगणना सकिएपश्चात परिणाम सार्वजनिक हुँदा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएका कारण दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

अन्तिम मतपरिणाममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत, अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत र उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत मत प्राप्त गरेका छन् ।

महासंघको विधानअनुसार एसोसिएटतर्फको मतको भार ३० प्रतिशत हुन्छ भने जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गर्छ ।

वरिष्ठ उपाध्यक्ष पदमा विजयी हुनका लागि लागि कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । तर, कुनै पनि उम्मेद्वार यो मतभार नकटाएकाले पुनः निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताएका छन् ।

दोस्रो चरणको निर्वाचनका लागि साढे २ बजे मतदान सुरु हुने पौडेलले जानकारी दिएका छन् ।


क्लिकमान्डु